सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आसियु बेड स्थापना गर्दै प्रदेश सरकार


डोटी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा आईसियु बेड (सघन उपचार कक्ष) स्थापना गर्ने भएको छ ।
सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, अछाम, बझाङ र बाजुरा जिल्ला अस्पतालमा २/२ दुई वटा बेडगरी २० वटा बेड स्थापनाको तयारी भएको प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए । श्रेष्ठले भने ‘ केही जिल्लामा आईसियु बेडका सबै समाग्री पुगेका छन, केहीमा प्राबिधिक तयारी पुरा भएपछी जडान हुन्छन निकट भबिश्यमा सबै जिल्लामा आईसियु बेड स्थापना हुन्छन ।’
पहाडी जिल्लामा उपचार हुन सक्ने बिरामीको पनि आईसियु बेड नहुँदा तराईका जिल्लामा बिरामी पठाउनु पर्ने बाध्यता अन्त्य गर्नका लागी सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्को बैठकबाट निर्णय गरि जडान कार्य अन्तिम चरणमा रहेको मूख्यमन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिंह ओलीले जानकारी दिनु भएको छ ।
केही जिल्लामा आईसियु बेड जडानको कार्य सुरु भईसकेको र केहीमा प्राबिधिक तयारी पछि जडानको काम हुन लागेको समाजिक बिकास मन्त्रीका स्वकीय सचिब लोकेन्द्र धामीले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका अस्पतालमा पहिलो पटक आईसियु बेड जडान हुने भएको हो ।
