मल्लेसीका बाढीपीडितलाई शिक्षक जोशीद्धारा १ लाख ३० हजार बराबरका बलांकेट वितरण

शिवजी मण्डेल/बझाङ

Sayalb

बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका-८ मल्लेसीका बाढी पीडितलाई भैरव माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद जोशीले १ लाख ३० बराबरका बलांकेट वितरण गएका छन् ।
चिसो बढेसँगै बाढी पीडितलाई समस्या भएपछि आफूले ब्याक्तिगत तवरबाट १ लाख ३० हजार बराबरका २४ ओटा न्यानो फाईबर बलांकेट बाढी पहिरो पीडितलाई उपलब्ध गराएको बिद्यालयका प्रधानाध्यापक जोशीले बताए । ब्याक्तिगत तवरबाट उपलब्ध गराएको यो सबैभन्दा ठूलो राहत भएको मल्लेसिका बाढी पीडित बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेश बहादुर जेठाराले जानकारी दिनु भएको हो ।
गत असार १९ गते राति आएको बाढी पहिरोले केदारस्यूँ-८ मल्लेसिका २२ ओटा घरमा क्षति र्पुयाएको थियो भने ७ जनाको ज्यान गएको थियो ।
मल्लेसिका बाढी पीडित बिपद ब्यबस्थापन समितिका अध्यक्ष जेठाराको भनाई अनुसार जम्मा बाढी पीडित परिवार मध्येका दुईवटा घर भएकाहरू घरभित्र बसे पनि सातवटा परिवार पालमुनिको वास बस्न बाध्य भएका छन् ।
प्रदेश सरकारले जग्गा उपलब्ध भएमा नमुना बस्ती कार्यक्रम अन्तरगत घर बनाई दिने बताएपनि उपयुक्त जग्गा नहुँदा त्यो कार्यक्रम लागू हुन नसकेको वडा नं ८ का वडा अध्यक्ष गणेश बोहराले बताए ।
बाढीपीडित राहत कोषमा २९ लाख १५ रुपैयाँ नगद जम्मा भएको छ भने ३० लाख बराबरको जिन्सी सामाग्री विभिन्न संघ संस्था र सहयोगीहरूबाट उपलब्ध भएको अध्यक्ष जेठाराले बताउनु भएको छ ।

Shaileshwori
Loading...