थलाराको माडौँकाट्नेमा निर्मीत नेपाल टेलिकमको द्धन् टावर छिट्टै सञ्चालनमा आउने

शिवजी मण्डेल/बझाङ

बझाङ जिल्लाको थलारा गाउँपालिका-७ माडौँकाट्नेमा निर्मीत टेलिकमको टावरमा 4G सेवा जडान गर्न बुधबार थलारा गाउँपालिकामा त्रिपक्षीय सम्झौता भएको छ ।
4G सेवा सञ्चालनका लागि बिद्युत आवश्यक पर्ने भएकाले थलारा गाउँपालिका, नेपाल टेलिकम र दोगाडे बयस खोला लघु जलविद्युत विच विद्युत आपूर्तिका लागि सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट ईन्जिनियर तिलक धामी र दोगाडे बयस खोला लघु जलविद्युतका तर्फबाट अध्यक्ष कुम्भ रोकायाले हस्ताक्षर गरेका थिए । गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्याय, वडा नम्वर ७ का वडा अध्यक्ष भिम बहादुर रोकाया र थलारा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम ओलीको सहभागीता रहेको थियो ।
सम्झौता भए सँगै तिहार लगत्तै माडौँकाट्नेमा निर्माण भएको टावरमा 4G सेवा सञ्चालन आउने टेलिकमका ईन्जिनियर धामीले जानकारी दिनु भएको छ ।
थलारामा नेपाल टेलिकमको 4G सेवा सञ्चालनमा आएपछि थलारी बासी र थलारा नजिकका अन्य ठाउँका वर्षौं देखि नेटको समस्या भोगिरहेका सेवाग्राहीलाई नेटवर्कको समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष उपाध्यायले बताए ।
