राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ। केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

Sayalb

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि केसीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। छोरी रितु केसीका अनुसार कोरोनाले बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो।

केसी पछिल्लो समय रुपन्देहीमा बस्दै आएका थिए। त्यसपछि त्यहाँ उनको कोरोना जाँचिएको थियो। रिपोर्ट नेगेटिभ देखिपछि काठमाडौं आएका उनी फेरि बिरामी भएका थिए। अहिले उनको स्वास्थ्य राम्रो हुँदै गएको मेडिसिटी अस्पताल प्रशासनले जानकारी दिएको छ।

Shaileshwori
Loading...