बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु

बझाङ: बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । सुर्मा गाउँपालिका –२ दोगडीकी २२ वर्षीया सरस्वती बोहरा रहेको मृत्य भएको हो ।

Sayalb

बुधबार दिउँसो घाँस दाउरा ल्याउन बारिल खर्क भन्ने ठाउँमा गएकी उनी बेलुका मृत फेला परेकी प्रहरी जनाएको छ । घाँस दाउरा गरिरहेको स्थानबाट करिब २५ तल खसेकी उनको घटना स्थलमै ज्यान गएको मृतक युवतीका आफन्तलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ ।

आज बिहान प्रहरी मुचुल्का गरी मृतकको पोष्ट मार्टमपछि शव आफन्तले बुझेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताए ।

Shaileshwori
Loading...