नेकपा सचिवालय बैठक आज दिउँसो बस्दै

पछिल्लो समय विवादमा रुमल्लिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ ।

Sagan sahari bhawan nirman aayojana

बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि बालुवाटारमा सचिवालय बैठक बोलाएका थिए। नेकपामा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शक्ति संघर्ष गहिरो रुपमा चर्किएका बेला आज बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ।

यसअघि पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन दाहालसहित सचिवालयका पाँच जना अर्थात् बहुमत सदस्यले ओलीलाई लिखित आग्रह गरेका थिए। तर, ४८ घण्टाको समयसीमामा ओलीले बैठक बोलाएका थिएनन्।

Shaileshwori
Loading...