डा. गोविन्द केसीलाई कोरोना संक्रमण
डोटी: वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई अाज कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि परीक्षण गरिएकोमा संक्रमण पोजेटिभ देखिएको हो ।
केसीको अहिले त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
उनको श्वासप्रश्वासमा समस्या देखिएको छ ।