डोटीमा मोटर साइकल र जिप ठोक्किंदा २ जना घाइते


डोटी: डोटीको जोरायलमा मोटरसाइकल र जिप एकआपसमा ठोक्किंदा २ जना घाइते भएका छन् ।
जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको क्याम्पस रोड हाट नजिकै विपरित दिशाबाट चल्दै गरेका से.१ ज. ६९७ नं. को जिप र से.७ प. ४१९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
आइतबार बिहान ८ बजे भएको दुर्घटनामा परि जोरायल गाउँपालिका वडा नं. ४ पिपलकण्डेका मोटरसाइकल चालक वर्ष ४२ का मिन बहादुर बोहरा र उनकी श्रीमती वर्ष ३६ कि गोमतीदेवी बोहरा घाइते भएका छन् । मिन बहादुर बोहराको बायाँ हातमा गहिरो घाउ लागेको र गोमती देवी बोहराको बाहिर देखिने घाउचोट नभए पनि बेहोस अवस्थामा उपचारका लागि धनगढी पठाईएको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले जानकारी दिए ।
जिप जोरायल गाउँपालिका वडा नं. ३ बेल्टुक्रा बस्ने भुवनप्रसाद पाठकको रहेको र चालक पनि सोही ठाउँका वर्ष ४१ का बिर बहादुर सार्की रहेको जनाईएको छ । जिप चालकले घाईतेको सम्पूर्ण उपचार गर्ने शर्तमा सोही जिपमा धनगढी पठाईएको हो ।
बेहोस अवस्थामा रहेकी भनिएकी गोमतीदेवी बोहराको अहिले होस खुलिसकेको र उनको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको जिपका चालक बिर बहादुर सार्कीले जानकारी दिए ।
