३ लाख २० हजार घुससहित नासु र कार्यालय सहयोगी समातिए

दाङ: दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।

Sayalb

सेवाग्राहीसँग ३ लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरु शुक्रबार पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरुलाई जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।उनीहरूमाथि अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...