आइतबार सुदूरपश्चिममा ३११ नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि

डोटी:  सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ३ सय बढीको परीक्षण गर्दा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बैतडी र बझाङ तथा अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

Sayalb

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १० सहित २२ जनामा संक्रमण देखिएको बताए ।

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ६९ जनाको परीक्षण गर्दा थप ५ जना र जिल्ला अस्पताल बझाङका १८ को परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।

उनका अनुसार अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ९ सय ५७ सय जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।

Shaileshwori
Loading...