लैङ्गिक हिंसा लैङ्गिक विभेद निर्मूूल गर्ने सरकारको प्रयासमा सकृय सहभागिता जनाउन मुख्यमन्त्री भट्टको सबैमा आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लैङ्गिक हिंसा समाजको कलंक भएकाले सबैखाले जातिय तथा लैङ्गिक विभेद निर्मूूल गर्ने सरकारको प्रयासमा सकृय सहभागिता जनाउन सबैमा आग्रह गरेका छन् ।

Sayalb

महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार उनले कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य सबैले लाग्नु पर्ने बताए ।

बोक्सी, छाउपडी, दाइजो तथा देउकी प्रथा जस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानुनले निषेध गरे पनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको भन्दै नेपालको संविधानले सबैखाले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको भएपनि कार्यान्वय त्यो स्तरमा हुन नसकेको बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता स् व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा तय गरेको छ ।

Shaileshwori
Loading...