आज हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना

 – आज सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Sagan sahari bhawan nirman aayojana

महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भू-भागमा सामान्यदेखि आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहने जनाइएको छ।

Shaileshwori
Loading...