शैलेश्वरी जात्राबारे भएको छलफल निष्क्रसविहिन


तेजु ओली /डोटी
सुदुरपश्चिम प्रदेशको प्रशिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलेस्वरी भगवती मन्दिरको जात्राको बिषयमा आज बैठक बसेको छ । बिश्व महामारीको रुपमा फैलीरहेको कोरना भाइरस कोभिड १९ को प्रभावलाई मध्ये नजर गर्दै जात्रा गर्ने कि नगर्ने भन्ने बिषयमा गरेको छलफलमा निर्णय बिहिन बनेको छ । धेरै जसोको सामाजिक सुरक्षा अपनायर जात्रा गर्नु पर्छ भन्ने तर्क वितर्क भएको थियो । आज बसेको सरोकारवाला संगको छलफल शैलेस्वरी बिकास समितिका कार्यबहाक अध्यक्ष राजेन्द्र भट्टको अध्यक्षतामा बार्ह बरेहला धामीझाक्री र स्थानीयको सहभागीमा बिभिन्न सरोकारवालासंग छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी जिल्ला प्रहरी कार्यालय लगायतको सहभागी रहेको थियो ।
