त्रिशूलीमा बिरामी बोकेको पिकअप खस्यो, तीन जना बेपत्ता

चितवन: प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन्, भने एक जना घाइते भएका छन् ।

Sagan sahari bhawan nirman aayojana

इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् ।
त्यस्तै घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ ।

Shaileshwori
Loading...