१६ दिने अभियान प्रारम्भ भएकै दिन डडेल्धुराकी एक महिला बलत्कृत
डडेल्धुरामा एक महिला माथि सामुहिक बलत्कार भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएकै दिन बुधबार साँझ ३० बर्सिया महिला बलात्कृत भएकी हुन् ।
जिल्लाको नवदुर्गा गाउँपालिका १ खैरोडाकी स्थानीय ३० बर्सिया महिला माथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिला माथि बलात्कार गरेको भन्ने उजुरी दर्ता भएको छ ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय टेक दमाई रहेको बताईएको छ । घटनामा अन्यको पनि संलग्नता रहेको भन्दै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको बारे थप अनुसन्धान भईरहेको प्रमुख प्रहरी नायव उपरीक्षक नेपालले बताए ।