सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४१ जनामा कोरोना पुष्टि

डोटी : बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जनाको कोरोना जाँच गरीएकोमा ४१ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका २६ जना पुरुष र १५ जना पुरुष हुन् । आज कोरोना पुष्टि हुनेमा कैलालीका ३० जना, कञ्चनपुरका ९ जना बझाङ र बैतडीका एक/एक जनामा रहेको अस्पताले जनाएको छ ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, गोदावरी नगरपालिकाका ४ जना, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका ५ जना, बेलडाँडी गाउँपालिकाका ४ जना, बझाङको सुर्मा गाउँपालिका र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
