नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।

Sayalb

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि शितल निवास पुगेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई हिजोको भेटमा उनले उक्त आग्रह गरेकी हुन्। राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गर्नुभएको जानकारी दिए।

श्रृंगला आज गोरखा र मनाङ जाने छन्। त्यसपछि उनी आज नै स्वदेश फर्किने कार्यक्रम छ।

Shaileshwori
Loading...