नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या एक हजार चार सय १२ पुगेको छ ।

Sayalb

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा सात सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ सय ३७ महिला र चार सय ४८ पुरुष छन् ।अहिले काठमाडौंमा सात हजार ६ सय ४४, ललितपुरमा एक हजार चार सय ९४ र भक्तपुरमा पाँच सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । मनाङ, डोल्पा र मुगुमा सबै संक्रमित निको भएका छन् ।

त्यस्तै, बिहीबार एक हजार ६ सय १४ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Shaileshwori
Loading...