सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि

डोटी : शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ९० जनाको कोरोना जाँच गरीएकोमा ९ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोना पुष्टि भएका ७ जना पुरुष र २ जना महिला हुन् ।

Sayalb

आज कैलालीका ७ जना, कञ्चनपुर र डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि अस्पताले जनाएको छ । सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ४ जना, लम्कीचुहा नगरपालिका २ जना र कैलालीकै पालिका नखुलेका एक जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको शुक्लफाटा नगरपालिका र डडेल्धुराको अजयमेरु गउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

 

Shaileshwori
Loading...