बैतडीको सिमार प्रहरीचौकीका ९ जना प्रहरीमा कोरोना पुष्टि

सबै प्रहरीमा कोरोना देखिएपछि चौकी आइसोलेसनको रुपमा प्रयोग

Sayalb

शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको छ । प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षकसहित ९ जनामै कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

Shaileshwori
Loading...