बैतडी सदरमुकाम क्षेत्रमा १० दिन लकडाउन तयारी

बैतडीः कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ। नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो।

Sagan sahari bhawan nirman aayojana

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायात बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने उनले जनाए।

यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ।

Shaileshwori
Loading...