रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना, पाँचजनाको मृत्यु

रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका–२ घारीखोलाबाट जन्ती लिएर दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति दुर्घटना भएको हो।

रुकुम जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले दिएको जानकारीअनुसार गम्भीर घाइते एक जनाको पनि मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो।

घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा हुन्।

Sagan sahari bhawan nirman aayojana

आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो।

अप्ठेरो बाटो आएपछि युवा उमेरका जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको हो ।

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाका एक प्रहरीले टेलिफोनमा नेपालखबरसँग भने, ‘अलि सक्ने युवाहरू गाडीबाट उत्रेछन्, गाडीमै बसेका वृद्ध उमेरका मानिस दुर्घटनामा परेछन्।’

दुर्घटना हुनासाथ जिपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...