नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

bhukampa

ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे्। ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे।

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले अध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानमा केन्द्रित हुने बताए।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ। मतपरिणाम अनुसार ढकाल समूहबाट उपाध्यक्षमा एक जना र प्रधान समूहबाट दुई जना विजयी भएका छन् । जिल्लमा किशोर समूहले बहुमत ल्याएको गरेको छ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई को(अपरेटिभ, चन्द्रागिरि हिल्स लगायत व्यवसायिक संस्थामा लगानी गरेका छन्।

Shaileshwori
Loading...