अटो दुर्घटनामा घाइते भएका थापालाई दोस्रो चरणमा रु २ लाख २० हजार आर्थिक सहयोग

शिवजी मण्डेल/बझाङ
भारतको बेंलोरमा अटो दुर्घटनामा परि घाईते भएका बझाङ जिल्लाको थलारा गाउँपालिका-४ का कमल थापालाई मानव सेवा संस्था भारतले दोस्रो चरणको सहयोग हस्तान्तरण गरेको छ । शनिबार अभियन्ता बासुदेव जोशी, महेश थापा, रमेश मन्जिल धामी, गौतम कुमार बिष्ट, कुबेर भन्डारी, नवीन बोहरा, गणेश थापा, सुरेश खत्री, लगायतका विभिन्न ब्यक्तीबाट प्राप्त भएको दूई लाख २० हजार २२२ रुपैयाँ घाईतेका आफन्त रण बहादुर रोकायालाई हस्तान्तरण गरिएको मानव सेवा संस्था भारतका सचिव गौतम कुमार विष्टले बताएका छन् । यो भन्दा पहिला पनि उक्त संस्थाले पहिलो चरणमा एक लाख २१ हजार ७७ रुपैयाँ सहयोग गरेको थियो । पुनः पनि अन्तिम चरणको सहयोग छिट्टै घाईते थापालाई हस्तान्तरण गर्ने उक्त संस्थाले बताएको छ ।

रमेश धामी मन्जिल बाट रु ४१ हजार, मानव सेवा संस्थाद्धारा गौतम कुमार विष्ट बाट रु ३० हजार, वासुदेव जोशी, महेश थापा र कुबेर भण्डारी बाट रु एक लाख ५ हजार, नवीन बोहरा बाट रु ४१ हजार, रण बहादुर रोकायाको तर्फबाट रु १२ हजार २२२ र लोकेश धामी बाट रु दुई हजार लगाएर अहिले सम्म संकलन भएको जम्मा रकम रु ३ लाख ४१ हजार १९९ घाईते थापालाई दुई चरणमा हस्तान्तरण गरेको संस्था सचिव विष्टले बताए ।

Sayalb
अटो दुर्घटनामा परि घाईते भएका कमल थापा

साथै घाईते थापा उपचाररत अस्पतालमा बिकाश रोकायाको टिम दीपक कठायत, विनोद भण्डारी, सुबाश विष्ट र उमेध बोहराले घाईते थापाको स्याहार गरिरहेका छन् ।

Shaileshwori
Loading...