पर्यटकको ध्यान तान्दै छहरा झरना

जोरायल गाउँपालिका वडा नं. २ छतिवनमा रहेको छहरा झरना आन्तरिक पर्यटकको आकर्षण बनेको छ । बुडर नजिकै रहेको उक्त झरनासम्म जानका लागी स्थानीय सरकारले यातायातका साधन पुग्ने गरी बाटो निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षणमा परेको हो ।
कैलाली, कञ्चनपुर तथा पहाडी जिल्लामा आवत जावत गर्ने व्यक्तिहरू उक्त झरना प्रवेश गर्ने गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उक्त झरनामा दैनिक ५०० देखी १००० सम्म पर्यटक पुग्ने गरेको स्थानीय ब्यापारिले बताए ।

नयाँ वर्षको दिन छतिवनका सबै भडार सफा गर्ने र धामीहरुले स्नान गर्ने परम्परा पनि रहेको छ । छहराको पानीले स्नान गरे शुद्ध हुने जनबिश्वास रहेको छ ।
