कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु

Sayalb

सुदरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु मुत्यु भएको अस्पतालले जनाएको छ । उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेका कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

Shaileshwori
Loading...