कोरोना कहरका बिच सम्पन्न भयो शैलेश्वरी जात्रा (फोटो फिचर)

तेजु ओली /डोटी
सुदुरपश्चिम प्रदेशको प्रशिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलेस्वरी भगवतीको जात्रा कोरोना कहरकै बीच सम्पन्न भएको छ । आइतबार साँझदेखि सुरु भएको मेला सोमबार बेलुकी सम्पन्न भएको हो ।


हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।


धामी गाँउ र सिल गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो । पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गरिन्छ ।

Sagan sahari bhawan nirman aayojana

बिहानको पूजाआजा पछि दिउँसो कोरोना कहरकैबीच दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदनमा गाँज नचाइएको थियो ।


उक्त मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र सुदुरका सबै जिल्लाबाट समेत श्रद्धालु आउने गर्दछन् ।

यस बर्ष कोभिड–१९ का संक्रमणका कारण देखियता पनि भक्तजनहरूको उपस्थिति बाक्लो देखिन्थ्यो ।


साथै सुरक्षा कर्मीको पनि बाक्लो उपस्थिति रहेएको जात्रामा माक्स र सामाजिक दुरी कायम कसैले पनि गरेका थिएनन् ।

Shaileshwori
Loading...