सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक वडाध्यक्षले राजीनामा दिए

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

bhukampa

बैठकमा वडाध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । उनले अहिले आफू बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताए ।

वडामा निर्वाचित भएदेखि नै आफूलाई असहयोग हुँदै आएको उनको भनाइ छ । ‘प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित साथीहरुले मेरा राम्रा कामलाई बेवास्ता गर्ने, सधैं खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवश भएको हुँ’, उनले भने । आफूलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनले बताए । उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

Shaileshwori
Loading...