पदाधिकारी रिक्त स्थानीय तहमा उपनिर्वाचनको तयारी 

३० भन्दा धेरै पदाधिकारीको पद रिक्त

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदाधिकारीको विवरण पेस गर्न अन्तिम ताकेता
गरेको छ । जिल्ला समन्वय समिति पदाधिकारी तथा विभिन्न गाउ“पालिका र नगरपालिकामा रिक्त पदाधिकारीको उपनिर्वाचन तयारीका लागि निर्वाचन आयोगको आग्रहमा अन्तिम पटक विवरण माग गरिएको हो ।

मन्त्रालयले विभिन्न कारण स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायतका पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला समन्वय समिति कार्यालयमार्फत एकीकृत विवरण पठाउन भनेको हो ।
यसअघि पटक–पटक गरी सात पटकसम्म ताकेता गर्दासमेत विवरण नआएको भन्दै मन्त्रालयले बिहीबारसम्मको अन्तिम समयसीमा तोकेको छ ।
मन्त्रालयद्वारा जारी परिपत्रमा मागबमोजिमको विवरण नआए सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार हुनुपर्ने चेतावनी पनि दिइएको छ ।
लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा समस्या सिर्जना भएपछि आयोगले मंसिरमा उपनिर्वाचन तयारी थालेको हो ।

पाँच वर्षको पदावधि सकिन एक वर्ष कार्यकाल बाँकी हुँदासम्म उपनिर्वाचन गर्न सकिने प्रावधान छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन ०७४ को ३१ वैशाखमा भएको थियो । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन भएको चार वर्ष पुग्छ । त्यसपछि उपनिर्वाचन गर्न पाइँदैन । त्यसअघि नै उपनिर्वाचन गर्न आयोगले प्रक्रिया अघि बढाएको छ । तर, उपनिर्वाचन गर्ने–नगर्ने विषयमा सरकारको निर्णय नै महत्वपूर्ण हुने आयोगका एक अधिकारीले बताए ।

संघीय मामिला मन्त्रालयले एक महिनाअघि रिक्त पदाधिकारीको विवरण सबै स्थानीय तहसँग मागेको थियो । केही जिल्लाबाट विवरण आउन बाँकी रहेको र आएका विवरण निर्वाचन आयोगमा पठाइएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

Sagan sahari bhawan nirman aayojana

कोही विदेश, कोही जेलमा 
संघीय मामिला मन्त्रालयले निर्वाचन आयोगलाई उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार गाउँपालिका प्रमुख दुई, उपप्रमुख एक, जिसस प्रमुख एक र २६ वटा वडाध्यक्षको पद रिक्त छन् । केही स्थानीय तहबाट विवरण आउन बाँकी रहेकाले यो संख्या थपिन सक्ने मन्त्रालयको भनाइ छ । धेरै पदहरू मृत्युका कारण रिक्त भएका छन् ।

दुईजना वडाध्यक्ष विदेश पलायन भएका छन् भने केहीविरुद्ध भ्रष्टाचार तथा फौजदारी मुद्दा चलेकाले पद रिक्त भएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका– ५ का वडाध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा छन् । मकवानपुरको भीमफेदी नगरपालिका– ८ का वडाध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका गएकाले पद रिक्त भएको छ । तनहुँको भानु नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश मल्ल किर्ते मुद्दामा जेलमा छन् ।

३० भन्दा धेरै पदाधिकारीको पद रिक्त

muluknews

Shaileshwori
Loading...