विश्वभर कोरोना जित्नेको संख्या चार करोड ५० लाख नाघ्‍यो : २४ घण्टामा ४ लाख बढी डिस्चार्ज

विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म ६ करोड ५५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ करोड ५३ लाख नाघेको वल्डोमिटरले जनाएको छ । ​

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा ४ लाख २३ हजारभन्दा धेरै निको भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ५३ लाख ५१ हजार नाघेको हो ।

अहिलेसम्म संक्रमित निको हुने दर भारतमा सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ९० लाख ८ हजारले कोरोना जितेका छन् । त्यहाँ ९५ लाख ६४ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ३९ हजारको भने मृत्यु भएको छ।

Sayalb

भारतपछि अमेरिकामा ५ लाख ५ हजारले कोरोना जितेका छन् । अमेरिकामा विश्वकै धेरै १ करोड ४५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा २ लाख ८२ हजारको मृत्यु भइसकेको छ ।

यसैगरी ६४ लाख ८७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्राजिलमा ५७ लाख २५ हजार निको भएका छन् भने १ लाख ७५ हजारको मृत्यु भएको छ । ​

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ६ लाख ६६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

Shaileshwori
Loading...