भगवती आधारभूत बिद्यालयमा १६ दिने लैङ्गिक हिंसा सम्बन्धि सडक नाटक 

शिवजी मण्डेल /बझाङ 

बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ स्थित रहेको भगवती आधारभूत बिद्यालय गोठिगाउँमा लैङ्गिक हिंसा सम्बन्धि सडक नाटक देखाईएको छ ।

Sayalb

भगवती आधारभूत बिद्यालयको आयोजना र थलारा गाउँपालिका ग्रामिण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा उक्त सडक नाटक देखाईएको बिद्यालयका प्रधानाध्यापक चन्द्र देव ओझाले जनाउनु भएको छ ।

१६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान अन्तरगत शुक्रवार विद्यालयका बालबालिका र शिक्षिकाहरुले जनचेतनामूलक सडक नाटक देखाएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका बरिस्ठ सदस्य बेलमती पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि ग्रामिण जलस्रोत परियोजनाका फिल्ड कोडिनेटर पद्मा खत्री रहनु भएको थियोे ।

Shaileshwori
Loading...