शनिवार देशभरका १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना कोरोना मुक्त

शनिवार देशभर थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ६ हजार ७४ नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।

आज देशभरका २ हजार २ सय ६ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप १० जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ७७ पुगेको छ ।
