नेकपा सचिवालय बैठक भोलि एक बजे बस्ने गरि स्थगित, आजको बैठक पनि निष्कर्षविहिन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक भोलि दिउँसो एक बजे फेरि बस्ने गरी सकिएको हो । बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले पार्टीको समस्याका विषयमा आज छलफल भएपनि निष्कर्स निस्किन सम्भव नभएको भन्दै दुई अध्यक्षबीचको छलफल जारी रहने पनि उल्लेख गर्नुभयो ।

सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गर्नुभएको थियो । दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बैठक बसेको थियो ।

Sayalb

स्थायी कमिटीमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै प्रधानमन्त्रीलाई दिइएको लिखित पत्र, प्रधानमन्त्री ओलीले दिएको त्यसको प्रतिउत्तर, अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालयमा राखेको प्रस्ताव, त्यसको प्रतिउत्तर प्रधानमन्त्री ओलीले मंसिर १३ गते राखेको जवाफमाथि स्थायी कमिटीमा छलफल हुनेछ।

प्रधानमन्त्री ओली दुवै प्रस्तावलाई समेटेर नयाँ प्रस्ताव ल्याउन पक्षमा थिए। तर, सचिवालय बैठकमा पेश भइसकेपछि स्थायी कमिटीमा छलफल गर्नुपर्ने अध्यक्ष दाहाल पक्षको अडान थियो।

Shaileshwori
Loading...