नेकपामा प्रबेश गर्नेको लहर : पुर्विचौकीमा ६२ जना प्रबेश

डोटी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीमा प्रबेश गर्नेको लहर जारी रहेको छ । पुर्बिचौकी गाउँपालिका वडा न. ७ पोखरीमा अगुवा कार्यकर्ता भेलामा ६२ जना युवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेको पुर्बिचौकी संगठन कमिटिका अध्यक्ष गोरख बोगटीले जानकारी दिनु भएको छ ।
शनिबार वडा नं. ७ को संगठन कमिटिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी ६२ जना नेकपामा प्रवेश गरेका नेकपा डोटीले जानकारी दिएको छ ।

कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल, विशिष्ट अथिती हर्क सिंह, पार्टी सचिब जंग बिक शैलेन्द्र जिल्लाका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य, अनेरास्ववियु, राष्ट्रिय युवा सघंका नेताहरुको उपस्थिती रहेको थियो ।
