नेकपा स्थायी कमिटि बैठक आज दिउँसो १ बजे बस्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पार्टीमा देखिएको विवाद र दुई अध्यक्षको प्रतिवेदनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

Sayalb

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको आजको बैठक दिउँसो १ बजे बोलाइएको जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीको दुवै ‘प्रस्ताव’ मा छलफल हुने भएको छ । गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्ताव नाम दिएर ‘अभियोग पत्र’ पेस गर्नुभएको थियो । मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिनुभएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिकाबीच नेकपा सचिवालयले आजका लागि स्थायी कमिटी बैठक तय गरेको हो । यो सँगै नेकपा सचिवालयमा तीन साता अडिएको तनाव अब स्थायी कमिटीतर्फ प्रवेश गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच सचिवालयले दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लगेको हो । आज बस्ने स्थायी कमिटीले विवाद टुङगो लगाउन नसके बिहीबार बस्ने तय गरिएकोे केन्द्रीय कमिटीमा पुग्नेछ ।

Shaileshwori
Loading...