बाजुराको लक्ष्मी माविका विद्यार्थीले शिक्षकहरुलाई कार्यकक्षमै थुनिदिए

बाजुरा : बाजुराको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बडीमालिका नगरपालिका–७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतबार विद्यालयमा ताला लगाएका हुन । कोभिड–१९ का कारण ८ महिनासम्म पठनपाठन नभएको, विद्यालयमा प्रयाप्त रुपमा शिक्षक नभएको, विद्यार्थीले पुस्तक नपाएको लगायतका मागसहित तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी उपेन्द्र पण्डितले बताए ।

Sayalb

आफुहरुले पटकपटक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिमा शिक्षकको माग गर्दापनि कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरेको उनले बताए । तालाबन्दीका कारण शिक्षकहरु कार्यकक्षमै थुनिएको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए।

प्राथनापछि शिक्षकहरु हाजिर लिन प्रशासनमा गएको मौका छोपेर विद्यार्थीहरुले बाहिरबाट ताला लगाएर थुनेको उनले बताए । तालाबन्दीपछि बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहितको प्रहरी टोली विद्यालयमा गएको छ । विद्यालयमा पुगेर विद्यार्थीका मागबारे छलफल गरिने र समस्याको समाधान निकालिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले बताए । दिनेश खबरबाट

Shaileshwori
Loading...