धनगढीका युवासँग मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का

कैलालीको धनगढीका युवा विजयन्द्र सिहं रावतसँग अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले मंसिर २२ गते रावतसँग विवाह गर्ने भएकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।

Sayalb

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

त्यसपछि ६ वर्ष एक्लै बिताएकी स्वेताले मंसिर २२ गते दोस्रो विवाह गर्न लागेकी हुन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय  समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।

स्वेता र विजयेन्द्रको बिषयमा मिडियामा पहिलो खबर त्यतिबेला बाहिर आएको थियो । जतिबेला उनले विजेन्द्रको आमालाई शुभकामना दिएकी थिइन् ।

Shaileshwori
Loading...