जोरायल गाउँपालिका राष्ट्रिय जनमोर्चा कार्यसमितिको अध्यक्षमा खड्का चयन

डोटी : डोटीको जोरायल गाउँपालिकामा राष्ट्रिय जनमोर्चा डोटीले १५ सदस्यिय कार्यसमिति गठन गरेको छ । मंगलबार गठन भएको कार्यसमितिको अध्यक्षमा मान बहादुर खड्का चयन भएका छन् । उपाध्यक्षमा तारा प्रसाद भट्ट, सचिवमा दिपक बिक, कोषध्यक्षमा

Sagan sahari bhawan nirman aayojana

यमुना बिक, सह–सचिवमा रमेश पातली चयन भएका छन् । त्यस्तै सदस्यमा तारा कपड्याल, राम बहादुर खड्का, यदुनाथ अवस्थी, कमल भण्डारी, भिम बहादुर खड्का, उज्जर सिंह मगर र पुष्कर भट्ट चयन भएका हुन् ।

राष्ट्रिय जनमोर्चाका प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको प्रमुख आतिथ्यमा र गाउँपालिकाका उपाध्यक्ष तारा प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, गाउँपालिका सचिव दिपक बिक, अखिल छैठौ घनटेश्वर बहुमुखी क्याम्पस अध्यक्ष यमुना बिक लगायतले सम्बोधन गरेका थिए ।

Shaileshwori
Loading...