विप्लव समूहले शिक्षक हत्याको जिम्मा लियो

विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको हो ।

मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो ।

 

Sayalb

विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ ।

 

पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।

Shaileshwori
Loading...