अमेरिकामा एकैदिन २ लाख बढी कोरोना संक्रमित फेला, २९ सय बढीको मृत्यु

 अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ८ हजार १ सय २१ जना कोरोना संक्रमित फेला परेका छन् ।

Sayalb

यससँगै अमेरिकामा कोरोना संक्रमितको कुल संख्या एक करोड ५५ लाख ९१ हजार ७ सय ९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ९ सय १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९३ हजार ३ सय ९८ पुगेको छ ।

Shaileshwori
Loading...