प्रगतिशील युवा समाजद्धारा विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

Sayalb

शिवजी मण्डेल/बझाङ
सहयोगी संस्था प्रगतिशील युवा समाजले थलारा गाउँपालिका भरिका सम्पूर्ण विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोभिड१९ कोरोना भाइरस बाट बच्न र क्वारेन्टाइन बनाइएका विद्यालयहरूलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री वितरण गरिएको थलारा शिक्षा शाखाले जनाएको छ ।
थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत केशवराज भट्टले क्वारेन्टाइन बनाइएका विद्यालयहरूलाई व्यवस्थापन गर्न कवर, सेनिटाईजर, साबुन, मास्क र मिल्टर वितरण गरिएको छ ।
थलारा गाउँपालिका शिक्षा क्षेत्रमा काम गरि रहेको सहयोगी संस्था प्रगतिशील युवा समाज युएमयन बझाङ कलस्टरले ती सामाग्री उपलब्ध गराएको हो ।
स्वास्थ्य सामाग्री वितरण पछि विद्यालयमा पढाइ संचालनमा सहयोग पुग्ने अपेच्छा गरिएको प्रगतिशील युवा समाजका फिल्ड सुपरभाइजर प्रतिमा रोकायाले बताउनु भयो ।

Shaileshwori
Loading...