विश्‍वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो।

Sagan sahari bhawan nirman aayojana

पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै कुनै एक व्यक्ति विशेषका लागि दरबन्दी थप्‍न नहुने भन्दै पोखरेलको बढुवा सिफारिस रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो। तर संसदीय समितिको निर्देशनको भोलिपल्टै सरकारले पोखरेललाई भावी आइजीपीका रुपमा एआइजीमा बढुवा गरिदिएको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको विशेष चासोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन जनाएपछि पोखरेल एक्लै एआईजीमा बढुवा भएको बताइएको छ । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्‍ने निर्णय गरेको थियो।

संसदीय समितिले एउटा एआईजी पद थप भएको विषयमा गृहमन्त्रीलाई जानकारी नभएको भन्दै रोष प्रकट गरेको थियो। यसबारेमा आफूलाई थाहा नभएको बताएपछि संसदीय समितिले गृहमन्त्री रामबहादुर थापा ुबादलु लाई नै बोलाएर दरबन्दी थप्ने निर्णय रोक्न निर्देशन दिएको थियो।

यद्यपि गृहमन्त्री थापाले एआईजी थपको काम प्रक्रिया अनुसार नै भएको दाबी गरेका थिए। गृहमन्त्रीले दरबन्दी थप र बढुवा सिफारिस प्रक्रिया सम्मत भनेको भोलिपल्टै पोखरेल एक्लै एआईजी भएका हुन्।

Shaileshwori
Loading...