बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ: बझाङमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसेको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
चालक दिपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
