प्रधानमन्त्री कप: सुदूरपश्चिम छनौट आजदेखि, पहिलो खेलमा अछाम र डोटी भिड्ने

डोटी: प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखि सुुरु हुने भएको छ।

पुरुष टोलीको छनौट मंसिर २७ (आज)देखि कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको छ। महिलातर्फको छनौट प्रतियोगिता अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुने जनाइएको छ ।

नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार पुरुषतर्फको आज उद्घाटन खेलमा अछाम र डोटी भिड्ने भएका छन्।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उक्त उद्घाटन खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

Sayalb

यस्तै भोलि नै हुने अर्को खेलमा खुलामञ्च खेलमैदानमा डडेल्धुरा र कञ्चनपुर आमनेसामने हुने उनले बताए। पुरुषतर्फको छनौटमा प्रदेशका ८ टोली सहभागी हुने छन्।

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने जनाइएको छ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेलहरू दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

Shaileshwori
Loading...