शनिबार सुदूरपश्चिममा ५७१ नमूना परीक्षण, १०७ जनामा कोरोना पुष्टि

डोटी: सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा चार सयको परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको परीक्षण गर्दा थप १ सय ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

आज गरिएको कोरोना परीक्षणमा डोटीका २ जना, बझाङ, बैतडी र दार्चुलाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

Sayalb

यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ६६ जनाको नमूना परीक्षण गर्दा ६९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १६१ जनाको नमूना परीक्षण गर्दा २४ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा १२६ जनाको नमूना परीक्षण गर्दा १२ जना र जिल्ला अस्पताल बझाङमा १८ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १८ जनामा संक्रमण देखिएको जानकारी दिए।

 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ५६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ९ सय ६१ जनाले कोरोना जितेका छन् भने ६२ जनाको मृत्यु भएको छ।

Shaileshwori
Loading...