पिएम कप सुदूरपश्चिम छनौट : अछाम र डडेल्धुरा विजयी

डोटी: प्रधानमन्त्री कप (पिएम) एक दिवसीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।

सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आजबाट कञ्चनपुरमा शुरु भएको छ।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ। अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो। उसका लागि रिदम बलायरले ४२ रन जोडे पनि टिमलाई जिताउन सकेनन्।

डोटीलाई सस्तैमा समेट्न अछामका दीपक विष्टले ३ विकेट हात पारे। यसअघि पहिला ब्याटिङ गरेको अछामले ३५ ओभरमा अलआउट हुँदै १८८ रन जोडेको थियो।

जसमा सुरज तिरुवाले अर्धसतकीय पारी खेल्दै ५२ रन हिर्काए। डोटीका सविन महरा र आयुस खड्काले ३र३ विकेट हात पारे। उत्कृष्ट प्रदर्शन गरेका अछामका सुरज तिरुवा म्यान अफ द म्याच घोषित भए।

Sayalb

यस्तै खुलामञ्च खेलमैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउदै डडेल्धुराले पनि विजयी शुरुवात गरेको छ।

कञ्चनपुरले दिएको १५७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । टिमलाई जिताउन डडेल्धुराका सन्तोष भट्टले ५५ रनको योगदान गरे।
कञ्चनपुरका मिलन बोहराले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले अनिल थापाको ४२ रनको मद्दतमा ९ विकेटको क्षतिमा १५६ रन जोड्यो। डडेल्धुराका रोशन भाटले ३ विकेट लिए। अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने डडेल्धुराका सन्तोष भट्ट म्यान अफ द म्याच चुनिए।

प्रतियोगिता अन्र्तगत आइतबार कभर्डहल मैदानमा कञ्चनपुर र अछाम खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्पर्धा गर्ने भएका छन्।

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए।

Shaileshwori
Loading...