मोरङको अमरदह बजारमा भीषण आगलागी

विराटनगर: मोरङको सुनवर्षीस्थित अमरदह बजारमा भीषण आगलागी भएको छ।

Sagan sahari bhawan nirman aayojana

स्थानीय व्यापारी पारस साहको किराना पसलमा मध्यरातिबाट आगो लागेको थियो।आगो आज बिहानमात्र नियन्त्रणमा आएको रंगेली प्रहरीले जनाएको छ।

आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए। स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ। प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ। आगलागीको क्षतिसहित थप विवरण भने आउन बाँकी रहेको थाहा खबरले लेखेको छ।

Shaileshwori
Loading...