शिरखोलीसैनमा लिफ्ट सिचाई योजना बन्ने


डोटी: दिपायल सिलगढी नगरपालिका वडा नं. १ शिरखोलीसैनमा लिफ्ट सिचाई योजना बन्ने भएको छ । शुक्रवार लिफ्ट सिचाई योजनाको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीका पार्टी अध्यक्ष चक्र मल्लले संयुक्त रूपमा शिलान्यास गरेका हुन ।
मैदानी भू–भाग भएपनी सिचाईको अभावका कारण उत्पादनमा प्रतिफल दिन नसकेको शिरखोलीसैनका लागी सिचाईको निमार्ण प्रारम्भ गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बत्ताइन् ।
सुदूरपश्चिम प्रदेश सरकार सिचाई विकास कार्यालय राजपुर मार्फत एक करोड लागतमा लिफ्ट सिचाई योजना बन्ने भएको हो । सेती नदीबाट पानी मैदानमा तानेर सिचाईका लागी प्रयोग गर्ने योजना अन्तरगत लिफ्ट सिचाई बन्न लागेको हो ।
