कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ ९नफिज० को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

Sayalb

कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गर्नुभयो ।

खोपको उपलब्धता प्राथमिकताका आधारमा हुने उहाँको भनाइ थियो । “सुरुमा फ्रन्टलाइनमा सक्रिय, त्यसपछि ज्येष्ठ नागरिक हुँदै सबै नागरिकलाई खोप लगाउने छाँै”, उहाँले भन्नुभयो, “सकेसम्म खोप छिटो ल्याएर सरकारले कोभिडविरुद्धको लडाइँ सफल पार्नेछ ।” वर्तमान राजनीतिक समस्या खासै ठूलो नभएको जिकिर गर्नुहुँदै उहाँले सत्तारुढ दलबीचको समस्या अस्थायी रहेको र त्यसले शान्ति र स्थिरतामा कुनै नकारात्मक प्रभाव नपार्ने उल्लेख गर्नुभयो । “नेकपाभित्र केही समस्याका झाँकी देखिने गरेका छन्,

कोरोना महामारीका कारण सिर्जित आर्थिक समस्या समाधान खोज्न र छिट्टै मुक्ति लिन सरकार हरतरहले सक्रिय रहेको उहाँले स्पस्ट गर्नुभयो ।
विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उहाँको भनाइ थियो ।

Shaileshwori
Loading...