कोरोनाको सङ्क्रमणबाट बचेर विवाह पञ्चमी मनाउन राष्ट्रपति भण्डारीको आग्रह
काठमाण्डौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको शुभ कामना दिनुभएको छ । शुभ कामना सन्देश दिँदै उहाँले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ ।
माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मार्ग शुल्क पञ्चमीका दिन मनाइने विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिले शनिबार दिनुभएको शुभकामना सन्देशमा सो आह्वान गर्नुभएको हो । राष्ट्रपति मण्डारीले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न विवाह पञ्चमी पर्वले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।